बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

जनसेनाको नाममा १९ अर्ब भष्टाचारको, प्रचण्डहरुसंग उचित समयमा जनताले हिसाब माग्छन: बिप्लब


  • मंगलबार, फाल्गुन २५ २०७७
13.4K
SHARES

फाईल तस्बिर

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कपिलवस्तुको शिवगढीमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालिन समयमा जनसेनाको नाममा १९ अर्ब भष्टाचार भएको विषयमा प्रचण्डहरुको नाम आईरहेको भन्दै उचित समयमा जनताले हिसाब माग्ने बताएका छन ।

सरकारले नेकपाका राजनैतिक बन्दीहरुलाई छोड्न विलम्ब गरेकोप्रति असन्तुष्ट व्यक्त गर्दै महासचिव विप्लवले संसदीय व्यवस्था मेसिन नै खराब रहेको कारण यसबाट उत्पादन हुने सबै सामग्री खराब निस्कने समेत टिप्पणी गरे ।

उनले प्रचण्ड–बाबुरामप्रति कटाक्ष गर्दै जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो राजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थितिमा संकट देखिएको बताए । साथै जनताको मत पाएर जनताको छातीमा टेकेर हिँड्नेहरूले कहिल्यै जनताको समस्या समाधान नगर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा