शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमालेको माया ओलीलाई भन्दा बढी मलाई लाग्छ : नेपाल


  • मंगलबार, फाल्गुन २५ २०७७
11.4K
SHARES

फाईल तस्बिर

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा(एमाले) आफुले बनाएको पार्टी भएकाले त्यसको माया ओलीलाई भन्दा बढी आफुलाई भएको बताएका छन् । नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकता जोगाउने आफ्नो प्रयास सम्भव नभएको र अब आफैंले निर्माण गरेको एमालेलाई थप शसक्त बनाउने बताए ।

उनले आफु कहिल्यै फुटको पक्षधर नभएको र अन्तिमसम्म नेकपा एकताका लागि प्रयास गरेको धारणा पनि राखेका थिए । एमालेको संगठन तथा जन आधारसँग आफ्नो नङ र मासु जस्तै सम्बन्ध रहेको बताउँदै नेपालले अब केपी ओलीका विरुद्ध नयाँ सिराबाट संघर्ष गर्ने बताएका हुन् ।

सो बैठकले माधव नेपाल र झलनाथ खनाल लगायत एमालेमै रहने र प्रचण्डसहितका नेताले माओवादी केन्द्र ब्युताँउने निर्णय गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा