अदालतको फैसलासँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको छ ।
पछिल्लो फैसलाले प्रचण्ड मधब नेपालको समिकरण अलगिने स्थिति बनेको देखिन्छ । यसले मधब नेपाल समुहलाई भन्दा बढी घाटा पुस्पकमल दाहाल प्रचण्डलाई भएको आम मानिसको बुझई छ ।
राजनितिक समिकरण हेर्ने हो भने, प्रचण्ड कमजोर देखिन थालेका छन । पछिल्लो पटक प्रचण्ड-माधब नेपाल समुहले बोलाएको स्थाई कमिटि बैठकले पनि सर्बोच्च अदालतको फैसलालाई मान्दै आफ्ना छुट्टा-छुट्टै गतिबिधि गर्ने निर्णय गरे संगै, झनै प्रचण्ड कमजोर भएका त हैनन भन्ने प्रस्न उब्जिएको छ ।
अझ एकथरी प्रचण्डका आलोचकहरुले त प्रचण्ड अब ओरालो लागेर जिरो बन्ने सम्म भन्न भ्याएका छन ।
माधब नेपाल समुह पुन एमालेमै फर्किनु पर्ने अदालतको बाध्यकारी फैसलाले नेपाल समुह एमालेमै फर्किनु पर्ने हुन्छ भने,एता प्रचण्डले माओबादी केन्द्रको नेत्रीत्वमा स्वत आउनु पर्ने बाध्यता हुनेछ ।
यसरी हेर्दा एमालेमा नेपाल समुह जाने र माओबादी केन्द्रका केही प्रभाबशाली नेताहरु ओली सरकारकै नेत्रीत्वमा रहिरहने अबस्था हुने हो भने प्रचण्ड झनै कमजोर हुनेकुरा बताउछन ।
अर्को थरीले प्रचण्ड फेरी शक्तिकै केनद्रमा रहन्छन र अझ बलियो भएर उदाउछन भन्नेहरु पनि छन ।
दुई पार्टीबीच एकीकरण भएर बनेको नेकपाले वैधानिकता नपाएपछि ति पार्टीहरु पूर्ववत अवस्थामै स्वत फर्किनु बाध्यता भएको छ ।