बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

जनताका समस्या समाधान गर्ने थलोलाई, केही मानन्य ज्यूहरुले धामी नाचमा परिणत गरिदिनु भयोः प्रधानमन्त्री


  • सोमबार, फाल्गुन २४ २०७७
12.8K
SHARES

फईल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना पछि ताजुब देखिएको बताएका छन् ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापनापछि पार्लियामेन्टमा माननीयहरुको गतिविधि अशोभनीय देखिएको भन्दै जनताका समस्या समाधान गर्ने थलोलाई नाराबाजी र धामी नाचमा परिणत गरेको बताए ।

‘मुद्दा लडेर आएपछि ताजुव देखियो । एउटा फैसला अदालतको जय जयकार । अर्को फैसला के गरेको यो राजनीतिमा हात हाल्न पाइन्छ ?’ प्रधानमन्त्री ओलीले अदालतका फैसलापछि आएका प्रतिक्रिया र दृश्यहरुको चर्चा गरे । उनले अदालतको फैसला मान्नै पर्ने भन्दै न्यायालयका फैसलालाई सम्मान गर्न आग्रह गरे । ‘मैले प्रतिनिधिसभा विघटन गरेँ, दुरदिन देख्नु थियो पुनःस्थापित भयो । पुनःस्थापनापछि चुनावमा जाने बेलामा नारा जुलुस हेर्नुस् त । एकाथरी गुरुरुर कुदछन्, अर्को थरी नारा लगाउँछन् । पहिलो गाँसमै झिंगा’ प्रधानमन्त्री ओलीको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा