बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

सर्बोच्चको फैसलाले मधब नेपाललाई दातमा ढुङ्गो, बादल टोपबहादुर के गर्छन ?


  • सोमबार, फाल्गुन २४ २०७७
13.6K
SHARES

फाईल तस्बिर

नेकपा को नाम विवादमा सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा खारेज गरेपछि नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।

एकातिर सर्वोच्चको फैसलाले निवेदकको माग दाबीभन्दा बढ्ता निर्णय सुनाएको भन्ने आलोचना सुरु भएको छ भने अर्कोतिर
तत्कालिन एमाले नेता तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल खेमा अहिले अप्ठ्यारो स्थितीमा देखिन्छ ।

तत्कालीन माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड संग समिकरणमा रहेका नेपाल, सर्बोच्चको फैसालाले अन्योलको स्थितिमा रहेको सहजै अनुमान लगाउन सकिन्छ भने अर्कोतर्फ सत्तामा ओली निकट भएर रहेका गृहमन्त्री राम बहादुर थापा, मन्त्री टोपबहादुर रायमाझि लगाएतका नेपाहरुको अबस्था के हुने हो भन्ने जनचासोको बिषय रहेको छ ।

फैसला कार्यान्वयन गर्दा निर्वाचन आयोगलाई अर्को जटिलता थपिने भएको छ । त्यो भनेको २०७५ जेठ ३ पछि नेकपा नामबाट निर्वाचित जनप्रतिनिधिको पद के हुने र कुन पार्टीको हुने भन्ने निर्णय गर्न कठिनाइ हुने देखिएको हो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणापछि रिक्त भएका ५२ पदमा निर्वाचन भएको छ । जसमा ३० पद नेकपाका उम्मेदवार विजयी भएका छन् । त्योबाहेक राष्ट्रिय सभामा १६ जना नेकपाबाटै निर्वाचित भएका छन् । यो हिसाबले हेर्दा नेकपाबाट निर्वाचित भएका जम्मा ४६ जनाको पद के हुने र कुन पार्टीबाट निर्वाचित भएको मान्ने भन्ने अनिश्चितता देखिएको छ । थोरै पदमा भने अरू नै दलका प्रतिनिधि निर्वाचित भएकाले उनीहरुको हकमा त्यस्तो समस्या आउने छैन । स्थानीय तहमा ३३, राष्ट्रिय सभामा १६, प्रतिनिधि सभा १ र प्रदेश सभामा ३ जना निर्वाचित भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा