बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

रातारात एमाले कार्यालय पुनःस्थापना गरिँदै, मन्त्रीले नै राखे बोर्ड


  • सोमबार, फाल्गुन २४ २०७७
11.1K
SHARES

फाईल तस्बिर

सर्वोच्च अदालतको फैसलापछि विभिन्न जिल्लामा धमाधम विघटित नेकपा एमाले ब्युँताउन थालिएको छ ।

जिल्लाहरुमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड टास्न नेकपा ओली पक्ष लागेको हो ।

मोरङमा एमाले जिल्ला कार्यालयको बोर्ड राख्न मन्त्री नै संलग्न भए भने यता नुवाकोटमा पनि एमालेको बार्ड राखिसकिएको छ । मोरङ कार्यालयको बोर्ड मन्त्री भानुभक्त ढकालबाट राखिएको हो ।

अदालतले ओली–दाहाल नेतृत्वको नेकपा खारेज हुने निर्णय गर्दिएकामा प्रफुल्लित बनेका नेकपा एमालेका नेताहरुले बोर्ड फेर्न थालेका हुन् ।

सोमबार मोरङ र नुवाकोटमा ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड टाँगेका हुन् ।

नुवाकोटमा तत्कालीन एमालेका उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनाली नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा