प्रधानमन्त्री केपी ओलीले आफूलाई निशाना बनाएको पूर्वप्रधानमन्त्री मावधकुमार नेपालले बताएका छन् ।
टार्गेट त मलाई बनाएको देखियो हेर्नुस्, केपी ओलीलाई पनि बनाएको देखिएन, प्रचण्डलाई पनि बनाएको देखिएन’, नेपालले भनेका छन् ।
उनले सर्वोच्चको फैसलाले के–के असर पर्छ आकलन गर्न सकिने अवस्थै नरहेको बताएका छन् । ‘हिजो राष्ट्रियसभाबाट जितेकाहरू एमाले पनि होइनन्’, उनले भने, ‘वेदुराम भुसालजी कुन पार्टीको त अब ? प्रतिनिधिसभामा विजयी विद्या भट्टराई कुन पार्टीको ?’
उप–निर्वाचनबाट स्थानीय तहमा आएकाहरू कुन पार्टीको होभन्दै नेता नेपालले समस्या त खडा भएको बताएका छन् ।
मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी भयो न्यायाधीशहरूलाई ? कसरी आयो त्यो स्थिति ?’, उनले प्रश्न गरेका छन् ।
नेपालले यो अवस्था आउँछ भनेर आफूले कहिल्यै नसोँचेको बताएका छन् ।
नेकपा (एमाले)को बैठकमा जानेबारेमा साथीहरूसँग सरसल्लाह गरेर अगाडि बढ्ने उनले बताएका छन् । ‘हामी पहिले बस्छौं’, नेपालले भने, ‘त्यसपछि के गर्ने र कसरी अगाडि बढ्ने भन्नेमा निर्णय हुन्छ ।’