शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मड्रिड डर्बी बराबरीमा सकियो, बार्सिलोनालाई फाइदा


  • सोमबार, फाल्गुन २४ २०७७
12K
SHARES

फाइल तस्बिर

काठमाडौं । करिम बेन्जामाले खेलको अन्त्यतिर गोल गरेपछि स्पानिस ला लिगामा मड्रिड डर्बी बराबरीमा सकियो छ । आइतबार भएको खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड र तेस्रो स्थानको रियल मड्रिडले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
यसले दोस्रो स्थानको बार्सिलोनालाई फाइदा पुगेको छ ।

घरेलु मैदानमा लुइस सुआरेजले १५औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
एट्लेटिको जिततर्फ अग्रसर भइरहेको बेला ८८औं मिनेटमा बेन्जामाले कासेमिरोको पासमा गोल गर्दै रियलको हार टारे ।

बराबरीपछि २५ खेलबाट लिग लिडर एट्लेटिकोको ५९ अंक छ । जुन दोस्रो स्थानको बार्सिलोनाभन्दा ३ अंकले बढी हो । यद्यपि एट्लेटिकोले एक खेल कम खेलेको छ । बार्सिलोना २६ खेलबाट ५६ अंकसहित दोस्रो स्थानमा छ ।समान खेलबाट ५४ अंकसहित रियल तेस्रो स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा