शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

घरेलु टिम वेष्ट इन्डिजले जित्यो टी-२० सिरिज


  • सोमबार, फाल्गुन २४ २०७७
12.6K
SHARES

फाईल तस्बिर

घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० सिरिज जितेको छ ।

एन्टिगुवामा सोमबार भएको अन्तिम टी-२० खेलमा वेष्ट इन्डिजले श्रीलंकालाई ३ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो । वेष्ट इडिजको जितमा फाबियन एलनले अलराउण्ड प्रदर्शन गरे । उनले कसिलो बलिङ गर्दै १ विकेट लिए भने अविजित २१ रन बनाए ।

वेष्ट इन्डिजले श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य १९ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।

वेस्ट इन्डिजको जितमा ओपनर लेन्डल सिमोन्सले सर्वाधिक २६ रन बनाए । यस्तै निकोलस पुरणले २३, इभिन लेविसले २१ रन रन बनाए । फाबियन एलनले ६ बल खेल्दै ३ छक्का मद्दतमा अविजित २१ रन बनाए । जासन होल्डर १४ रनमा अविजित रहे ।

बलिङमा श्रीलंकाका लक्सान शन्दकानले ३ विकेट लिए भने दुश्मन्था चामिरा र हसरंगा डा सिल्भाले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

श्रीलंकाका लागि दिनेश चण्डीमालले अर्धशतक प्रहार गरे । ४६ रन हुँदा ४ विकेट गुमाए पनि दिनेश र अशेन बन्दाराले अविजित ८५ रनको साझेदारी गरे । दिनेश चण्डीमालले ४६ बल खेल्दै ३ चौक मद्दतमा अविजित ५४ रन बनाए ।

यस्तै अशेन बन्दराले ३५ बलमा ३ चौका र २ छक्कासहित ४४ रन बनाए । कप्तान एन्जेलो म्याथ्युज ११ रनमा आउट भए ।

वेस्ट इन्डिजका फाबियने एलन,केभिन सिक्लेर,ओबेड म्याकक्वे र जासन होल्डरले एक-एक विकेट लिए । एलनले ४ ओभरमा १३ रन मात्र खर्चे ।

सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले ४ विकेटको जितेको थियो भने दोस्रो खेलमा श्रीलंका ४३ रनले विजयी भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा