२४ फागुन काठमाडौं । पूर्वअध्यक्ष जोन लापोर्टा स्पानिस क्लब बार्सिलोनाको अध्यक्षमा पदमा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट सर्वाधिक मत ल्याउँदै लापोर्टा अध्यक्ष पदकमा नियुक्त भएका हुन् ।
अध्यक्षको प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।
स्पानिस राजनीतिज्ञ तथा वकिलसमेत रहेका लापोर्टा दोस्रोपटक अध्यक्ष चुनिएका हुन् । यसअघि उनी सन् २००३ देखि १० सम्म अध्यक्ष रहेका थिए ।
अध्यक्ष पदको लागि भएको निर्वाचनमा लापोर्टाले ५४.३ प्रतिशत मत पाएका थिए । निर्वाचनमा ५५ हजार ६ सय ११ सदस्यले मतदान गरेको बार्सिलोनाले जनाएको छ ।
लापोर्टाले क्लबमा स्टार खेलाडी लिओनल मेस्सीलाई बार्सिलोनामै राख्ने मुख्य प्राथमिकता बनाएका छन् ।
लापोर्टाले अब गत अक्टोबरमा राजीनामा दिएका जोसेफ मारिया बार्तामेउको स्थान लिनेछन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।