बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

एकपटक नपढी नहुने हिन्दुले सिकाएका जीवन उपयोगी कुराहरु


  • आइतबार, फाल्गुन २३ २०७७
16.4K
SHARES

फाईल तस्बिर

हिन्दु धर्माका, एक जिवनमा पढेर नसकिने कयौ ग्रन्थहरु छन, तर हामी हिन्दुहरुले वास्ता गर्दैनौ अथबा अधुनिकताको नाममा आफ्नु धर्म सस्कृतिलाई वास्तै नगरी बिदेशि सस्कृतीलाई अगाल्न अग्रसर हुन्छौ ।

चार बेद,अठार पुराण उपनिसद र उपबेदहरुका अंसमात्र थोरै अध्यन गर्ने मानसिकता बनाईयो भने पनि जिबन र जगत बारे हामी स्पट हुन्छौ । हिन्दुले सिकाएका जीवन उपयोगी केही थोरै कुराहरु हामी तपाईलाई प्रस्तुत गर्दै छौ जसले जिवनमा सकारात्मक परिबर्तन ल्याउन सक्छ ।

१ मानव जीवनको ३ परम उद्देश्य- दू:ख निवृति, स्वतन्त्रता र अमरता ।
२ मानिसमा नभई नहुने ३ गुणहरु :- आत्मानुशासन, प्रेम र सहयोग ।
३ यी ३ कुराहरु बाट सधै बच्ने कोशिस गर्नु पर्छ – ख़राब संगत , स्वार्थ र निन्द्रा ।
४ यी ३ कुराहरुमा मन लगाए पछि उन्नति हुन्छ- श्रम , बिद्या र इश्वर ।
५ हामी ले यी ३ जनाको सधै आदर गर्नु पर्छ -आमा, बाबू र गुरुको ।
६ सधै भरी अधिनमा राख्नु पर्ने ३ कुराहरु, काम – क्रोध र लोभ ।
७ यी ३ कुराहरुको याद राख्नु आवश्यक छ – सोचाइ , कर्तब्य र मृत्यु ।
८ कसैले चोर्न नसक्ने ३ कुराहरु – बुध्दि , सिप र हिम्मत ।
९ मानिश ले जिवनमा यी ३ कुराहरु एक पटक मात्र पाउछ – आमाबाबु, सुन्दरता र जवानी ।
१० आफ्नो ह्रदयमा राख्नु पर्ने ३ कुराहरु – दया, क्षमा र नम्रता ।
११ यी ३ कुराहरुलाइ कहिल्यै सानो नसम्झ – शत्रु , ऋण र रोग ।
१२ सबै लाइ प्यारो लाग्छ – धन , सन्तान र पत्नी ।
१३ हरेक क्षण आवश्यक पर्ने २ कुरा – चनाखोपन र होशियारी ।
१४ अरुलाई दिए पछि फिर्ता हुन गाह्रो पर्ने ४ कुराहरु – पुस्तक , कलम , नारी र धन ।
१५ गोप्य राख्नु पर्ने ८ कुराहरु – आयु , धन, घरको भेद , मन्त्र , तप , दान, धर्म र अपमान ।
१६ दया गर्नु पर्छ यी ५ जनाको – बालक , वृद्र , भोकाएको मानिश , रोगी र असाहय ।
१७ भब सागर बाट उत्रन खोज्नेले गर्नु पर्ने ३ कुराहरु – भगवानको नाम, रूप र स्वरुपको ज्ञान ।
१८ मनिसलाइ पतन गराउने २ कुराहरु चुक्ली र झुटा ।
१९ प्रतेक मनीश को अलग – अलग हुने ३ कुराहरु , रूप , स्वभाब र भाग्य

हमिले केही हिन्दुधर्मले भनेका कुराहरु बुधागत रुपमा प्रस्तुत गर्यौ । तपाईलाई कस्तो लाग्यो प्रतिक्रीया जनाउने काम तपाईको ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा