कपा ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदिएको बताएका छन् ।
‘पार्टीहरुलाई एकीकरण पूर्वको अवस्थामा पुर्याइदिएको छ । यसले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताको लागि ढोका खोलिदिएको छ’, ज्ञवालीले भने ।
आइतबार सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादमा ऋषि कट्टेल नेतृत्वमा नेकपा दर्ता रहेकै अवस्थामा सोही नाममा अर्को पार्टी दर्ता हुन नसक्ने फैसला सुनाएको छ । त्यससँगै सर्वोच्चले साविकको नेकपा एमाले र साविकको नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामै रहेको पनि बताएको छ ।
मन्त्री ज्ञवालीले एकताको ठोस् गन्तव्यमा पुग्ने ढोका खुलेको पनि बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।