प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता नहुने भएको छ।
प्रतिनिधि सभा बैठकबसेकै दिन प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा नेकपाका प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेस रहेको चर्चा भइरहेका बेला ती दलहरूले आज अविश्वास प्रस्ताव नल्याउने बताएका छन्।
प्रचण्ड-नेपाल पक्षका एक सांसदका अनुसार आज अविश्वास प्रस्ताव आउँदैन। कांग्रेससँग छलफल जारी नै रहेको दाबी गरेका उनले आज अविश्वास प्रस्ताव नल्याइने बताए।
आज प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता नहुने भयो,’ ती सांसदले भने।
कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले पनि अविश्वास प्रस्ताव ल्याउनेबारे जानकारी नभएको बताइन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।