बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

डा. भास्कर एक लाख साठी हजार नगद सहित टोरेन्ट यङ स्कलर अवार्डद्वारा सम्मानित


  • आइतबार, फाल्गुन २३ २०७७
23.7K
SHARES

फाईल तस्बिर

डा. भास्कर हुमागाई एकलाख साठी हजार रुपियाँ नगद पुरस्कार सहित टोरेन्ट यङ स्कलर अवार्डद्वारा गत बुधबार सम्मानित भएका छन ।

टोरेन्ट फर्मास्युटिकल्स बहुराष्ट्रिय कम्पनिले हरेक बर्ष चिकित्सा क्षेत्रमा बिभिन्न छ ओटा चिकित्सा बिधामा उत्कृष्टहरुलाई पुरस्कृत गर्दै आएको छ, देशै भरिका शिक्षण संस्थाबाट सहभागि भएर प्रतिष्पर्धाकोे आधारमा उत्कृष्टलाई पुरस्कृत गरिने उक्त प्रतिस्पर्धामा हाडजोर्नी तथा ट्रमा सर्जरीमा डा.  हुमागाई सम्मानित भएका हुन ।

सरल स्वभाब र सहयोगि भावना भएका डा. भास्कर केटीएम खबर कर्मि संग सम्मान पाईसकेपछि भन्छन, अवार्डले अझै जिम्मेवार र आगामिदिनमा आफुले रोजेको यही चिकित्सा क्षेत्रमा डटेर लाग्ने प्रेरणा मिलेको छ ।

मेहनत र लननसिशलताले मान्छे सफल हुने कुरा बिस्वास गर्ने हुमागाई आउने दिनमा चिकित्सा क्षेत्रमा अझ जिम्मेवार भएर लाग्ने बताउछन ।

फाईल तस्बिर

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा