शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कम्युनिष्टहरु बिग्रिएभने कामै नलाग्ने गरी कुहिएर जान्छन : अध्यक्ष दाहाल


  • शनिबार, फाल्गुन २२ २०७७
17K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरू बिग्रिएपछि कामै नलाग्ने गरी कुहिएर जाने बताउनुभएको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले प्रधानमन्त्री केपी शर्मा ओली पनि कुहिएर बिग्रिसकेको बताउँदै कुहिएको अण्डाको संज्ञा दिनुभयो ।

कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भए पनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधै चलिरहने उहाँको भनाइ छ । उहाँले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष पनि भएको बताउनुभयो ।

प्रतिनिधिसभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षडयन्त्र विरुद्ध जनयुद्ध सुरु भएको स्मरण गर्र्दै उहाँले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताउनुभयो । नेत्रविक्रम चन्द आफ्नै बाटोमा आएकोमा खुसी व्यक्त गर्दै उहाँले पार्टीमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा