नेपाली कांग्रसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हतियारको विषयमा प्रश्न उठाउनुभएको छ ।
शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले विप्लव समूह मूलधारको राजनीतिमा आउनु सकारात्मक भए पनि सो समूहले प्रयोग गरेको हतियारको विषयमा मौन रहनु गम्भीर भएको बताउनुभयो ।
हाँहरु (विप्लव समूह) शान्तिपूर्ण राजनीतिमा आउनु सकरात्मक हो’, उहाँले भन्नुभयो, ‘तर, सहमतिमा हतियार व्यवस्थापनको विषय नखुल्नुलाई कांग्रेसले गम्भीरतपूर्वक लिएको छ ।
ठाउँ–ठाउँमा प्रहरीले विप्लव समूहका कार्यकर्तालाई हतियारसहित पक्राउ गरेकाले उनीहरुसँग हतियार छैन भन्ने कुरा विश्वास गर्नै नसकिने नेता केसीकोे भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।