प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन झापा आन्दोलन गौरवपूर्ण प्रस्थानबिन्दु भएको बताउनु भएको छ ।
ओलीले नेकपाको सरकारले तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाएको समेत बताउनु भयो ।
ओलीले झापा आन्दोलनको नेतृत्व गर्दा होस वा सरकारको नेतृत्व गर्दा देशलाई समृद्ध र जनतालाई सुखी बनाएर शहिदको सपना साकार पार्ने काम गरिरहेको बताउनु भएको हो ।
झापा आन्दोलनका शहिदहरुलाई श्रदाञ्जली दिँदै ओलीले राजीनतिक स्थिरता कायम गर्न विभिन्न अवरोध छिचोल्दै सरकार अघि बढेको दावी गर्नुभयो ।
२०२८ मा नेपाल कम्युनिष्ट पार्टीले झापा आन्दोलनको सुरुवात गरेको थियो । यो आन्दोलनमा कम्युनिष्टहरुले सामन्त आरोप लगाएर केही सर्वसाधारणको हत्या गरेका थिए ।
पछि सरकारले २०२८ फागुन २१ गते आजकै दिन रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, रत्नकुमार वान्तवा लगायत केही नेताहरूको हत्या गरेको थियो ।
यस काण्डलाई नेपालको इतिहासमा ‘झापा काण्ड’ नाम दिइएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।