विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ ।
सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति भएपछि आज चन्द सार्वजनिक हुन लाग्नु भएको हो ।
आज २ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रम मार्फत विप्लव समूहका महासचिव चन्द सार्वजनिक हुनु हुँनेछ ।
यो समुहलाई मूलधारको राजनीतमा फर्काउन सरकारले विभिन्न चरणमा अनौपचारिक वार्ता गरेपछि बुधबारदेखि औपचारिक वार्ता थालेको थियो ।
बुधबार र बिहीबार दुई दिन भएको वार्तामा भएको विस्तृत राजनीतिक सहमतिलाई शुक्रबार विशेष सर्वजनिक समारोह गरी सार्वजनिक गर्ने सरकारको तयारी छ ।
सो कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले एउटै मञ्चबाट संबोधन गर्ने बताईएको छ ।
२०७५ साल फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।