शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

पोलार्डले हाने एकै ओभरमा ६ छक्का


  • बिहिबार, फाल्गुन २० २०७७
9.9K
SHARES

फएल तस्बिर

२० फागुन, काठमाडौं । वेष्ट इन्डिजका काउरन पोलार्डले टी२० क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । श्रीलंका विरुद्धको पहिलो टी२० मा पोलार्डले अकिला धनन्जयलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।

पोलार्डकै ३८ रनको मद्दतमा वेष्ट इन्डिजले पहिलो टी२० मा श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १३.१ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

यस्तै एभिन लेविसले २८ र लेन्डल सिमोन्सले २६ रन जोडे । ज्यासन होल्डर २९ रनमा अविजित रहे ।

श्रीलंकाका धनञ्जयले ह्याट्रिक विकेट लिए । उनले चौथो ओभरको दोस्रो बलमा इभिन लुइस, तेस्रो बलमा क्रिस गेल र चौथो बलमा निकोलस पुरनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै डी सिल्भाले पनि ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।

श्रीलंकाका पाथुम निशनकाले ३९ र निरोशन डिक्वेलाले ३३ रन बनाए । वेस्ट इन्डिजका ओबेड म्याकोवेले २ विकेट लिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा