शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

नाटकीय जितपछि बार्सिलोना कोपा डेल रे को फाइनलमा


  • बिहिबार, फाल्गुन २० २०७७
10.2K
SHARES

फएल तस्बिर

२० फागुन, काठमाडौं । सेभियालाई दोस्रो लिगमा ३-० ले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले अतिरिक्त समयमा सेभियालाई ३-० ले पराजित गरेको हो । जहाँ सेभियाका दुई खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए भने बार्सिलोनाका गोलकिपर मार्क टेर स्टेगनले पेनाल्टी रोकेका थिए ।
सेभियाको मैदानमा भएको पहिलो लेगमा २-० ले पराजित भएको बारसिलोनाले समग्रमा ३-२ ले खेल जितेको हो ।

दोस्रो लेगमा बारसिलोनालाई घरेलु मैदानमा जित दिलाउन उसुमाने डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रेथवेटले एक एक गोल गरे ।
निर्धारित ९० मिनेमा बार्सिलोनाले एक गोलको अग्रता बनाए पनि समग्रमा सेभिया २-१ ले अघि थियो । तर इन्जुरी टाइममा खेलले नाटकीय मोड लियो ।

इन्जुरी टाइममको दोस्रो मिनेटमा फर्नान्डोले रातो दोहोरो पहेँलो० कार्ड पाउँदै मैदान बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटियो । त्यसैको फाइदा बार्सिलोनालाई भयो । इन्जुरी टाइमको चौथो मिनेटमा पिकेले गोल गरेपछि बार्सिलोनाले २-० को अग्रता बनायो र खेल समग्रमा २-२ को बराबरीमा पुग्यो ।त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जहाँ ९५औं मिनेटमा मार्टिन ब्रेथवेइटले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए । अन्ततस् त्यही गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । अब बार्सिलोनाले उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्टेबीचको विजेतासँग खेल्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा