शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सेभियाविरुद्ध ‘कमब्याक’ गर्न बार्सिलोनालाई मुश्किल


  • मंगलबार, फाल्गुन १८ २०७७
12.4K
SHARES

फाएल तस्बिर

एजेन्सी – कोपा डेल रे फुटबलको सेमिफाइनल खेलको पहिलो लेगमा बार्सिलोना सेभियासँग पराजित भएको थियो। घरेलु मैदानमा भएको खेलमा जुल्स कोउन्डे र इभान राकिटिकले गोल गर्दै सेभिलाई २–० को जीत दिलाए।

दुईटोलीबीचको दोस्रो लेग बुधबार राति १ः४५ बजे हुनेछ। उक्त खेलमा बार्सिलोनाले सेभियालाई आफ्नो घरमा स्वागत गर्दैछ। च्याम्पियन्स लिग र ला लिगामा उपाधिविहिन बन्ने सम्भावना भएका कारण बार्सिलोना कोपा डेल रे नगुमोस् भन्ने सोचमा छ।

कोपा डेल रे मा उपाधि जित्ने सम्भावना जीवितै राख्न बार्सिलोनाले सेभियालाई घरेलु मैदानमा पराजित गर्नुपर्ने छ, त्यो पनि ३ गोलको अन्तरले।
अर्थात् बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। उक्त खेलमा बार्सिलोनाले २–० ले मात्र सेभियालाई पराजित गरेमा पनि खेल अतिरिक्त समयमा धकेलिनेछ। तर, सो खेलमा बार्सिलोना ३–१ गोलले विजयी भएमा सेभियालाई अवे गोलको फाइदा पुग्नेछ र एग्रिगेटमा बराबरी भए पनि सेभिया फाइनल पुग्नेछ। अतः सो खेलमा बार्सिलोना स्पष्ट ३ गोलअन्तरको जीतको खोजीमा हुनेछ।

हाले भएको ला लिगा फुटबलमा बार्सिलोनाले सेभियालाई २–० गोलले पराजित गरेको थियो। ओस्मान डेम्बेले र लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई जिताएका थिए। दोस्रो लेगमा बार्सिलोनाले आक्रामक खेल खेल्नुपर्ने हुन्छ। आक्रामक खेलमा बार्सिलोनाले गल्ती गर्न सक्ने उत्तिकै सम्भावना छ। त्यसकारण बार्सिलोनालाई सेभियाविरुद्धको कमब्याक मुश्किल हुने देखिन्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा