बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

ओलीले राजीनामा दिनेमा विश्वस्त छु : योगेश भट्टराई


  • सोमबार, फाल्गुन १७ २०७७
11.2K
SHARES

फाईल तस्बिर

नेकपा प्रचण्ड–माधव समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा सोमबार आयोजित दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने र उनले त्यसो गर्नेमा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री ओलीको राजीनामा पछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदमको विरुद्धमा अदालतले फैसला दिएसँगै उनी निराश बनेको उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा