शनिबार, साउन ९ २०८३
ताजा अपडेट

दाह संस्कार गर्दा दाउरा सरकारले निःशुल्क दिन्छ– मन्त्री आले


  • सोमबार, फाल्गुन १७ २०७७
9.9K
SHARES

फाईल तस्बिर

वन मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको गोष्ठी उद्घाटन गर्दै मन्त्री आलेले दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्रालयले निशुल्क दाउरा उपलब्ध गराउने बताउनुभयो । मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेकाले यसैपटक लागू हुने उहाँको भनाइ छ ।

मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताउनुभयो । कम्तिमा ३५ जिल्लामा कार्यक्रम अगाडी बढाउनका लागि मन्त्रालयमा छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री आलेले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडी बढाएको उल्लेख गर्दै कम्तिमा ७ वटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रूपमा कार्यक्रम अगाडी बढाउने जानकारी दिनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा