एजेन्सी – इटालीको राष्ट्रिय टोलिबाट खेलिसकेका एन्टोनियो कासानोले क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने युभेन्टसको निर्णय गलत सावित भएको दावी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा कासानोले क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउने युभेन्टसको निर्णय गलत सावित भएको दावी गरेका हुन्।
सन् २०१८ मा इटालियन सिरी ‘ए’ क्लब युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको थियो। युभेन्टसले जे सोचेर पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई क्लबमा भित्र्याएको थियो, त्यो अहिले सम्म पुरा हुन सकेको छैन। रोनाल्डोको उपस्थितका बाबजुत पनि युभेन्टसले च्याम्पियन्स लिग जित्न सकिरहेको छैन।
यसै विषय बारे टिप्पणी गर्दै कासानोले रोनाल्डोलाई भित्र्याएर युभेन्टसले गल्ती गरेको बताए। रोनाल्डो आएपछि च्याम्पियन्स लिगमा युभेन्टसले अझ कमजोर भएको उनको भनाई छ। घरेलु लिगमा युभेन्टसले पहिला देखि नै राम्रो प्रदर्शन गर्दै आएको कासानो बताउँछन्। रोनाल्डोको आगमनले घरेलु लिगमा भन्दा पनि च्याम्पियन्स लिगमा प्रदर्शन सुधारियो कि सुधारिएन भन्ने कुराले महत्व राख्ने उनको तर्क छ।
स्मरण रहोस्, च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै रोनाल्डोले रायल म्याड्रिडलाई पटक पटक च्याम्पियन्स लिग जिताएका थिए। तर, रोनाल्डोले च्याम्पियन्स लिगको दुई सिजन खेलिसक्दा पनि युभेन्टस भने अन्तिम १६ भन्दा अगाडी बढ्न सकेको छैन।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।