एजेन्सी – बार्सिलोनाका स्टार लियोनेल मेस्सीले सिजनको शुरुवात देखि नै आलोचना खेपिरहेका छन्। शुरुमा बार्सिलोना छाड्ने निर्णय गरेपछि उनको आलोचना गरियो भने पछि लय गुमाएको भन्दै आलोचना भयो।
मेस्सीले केहि खेल गोल बिहिन समेत हुन पर्यो। जसकारण मेस्सीको समय सकिएको र उनी पहिला जस्तो नरहेको टिप्पणी समेत केहिले गरे ।
तर, पछिल्लो समय भने मेस्सीले सुधारिएको प्रदर्शन गरिरहेका छन्। पहिल्ला खेलहरुमा मेस्सीले राम्रो प्रदर्शन मात्रै गरेका छैनन्, गोल गर्न पनि सफल भएका छन्। स्पानिस ला लिगामा शनिबार बार्सिलोनाले सेभियालाई हराउने क्रममा पनि मेस्सीले गोल गरे। सबै प्रतियोगितामा मेस्सीको गोलसंख्या २४ पुगेको छ।
मेस्सीले लगातार ७ खेलमा गोल गरेका छन्। पछिल्ला ७ खेलमा उनले ९ गोल गरिसकेका छन्। सन् २०२१को मात्रै कुरा गर्ने हो भने मेस्सीले १४ गोल गरिसकेका छन्। साथै मेस्सीको नाममा यस वर्ष ४ असिस्ट पनि छ।
युरोपका पाँच शिर्ष लिगका कुनै पनि खेलाडीले सन् २०२१ लागेपछि मेस्सी बराबर गोल गरेका छैनन्। मेस्सी अहिले लिगको सर्वाधिक गोलकर्ता पनि हुन्। उनले २३ खेलबाट १९ गोल गरेका छन्। विश्लेषकहरुको भनाईलाई मान्ने हो भने मेस्सीको पुनरागमन आलोचकहरुका लागि दह्रो झाप्पड हो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।