भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाउनु भएको छ।
मोदीले सोमबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पुगेर कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाउनु भएको हो ।
मोदीले ट्वीट गर्दै आफूले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिनु भएको छ । उहाँले ट्विटरमा लेख्नुहुन्छ, ‘एम्समा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लिएँ । हाम्रा चिकित्सक र वैज्ञानिकले कोभिड–१९ विरुद्धको वैश्विक लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको उल्लेखनीय छ ।’

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।