बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

कोमल वलीलाई चोट पुगेकामा दुःख व्यक्त गर्छु : रघुजी पन्त


  • आइतबार, फाल्गुन १६ २०७७
9.9K
SHARES

फाईल तस्बिर

गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त विवादमा परेका छन् ।

शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको आलोचना भएको हो । पन्तले भने आफ्नो आशय वलीलाई चोट पुर्‍याउने नभएको स्पष्टिकरण दिएका छन् । उनले अनलाइनखबरसँग भने, ‘मेरो अभिव्यक्ति उहाँप्रति लक्षित थिएन । तर त्यसले उहाँलाई चोट पुगेकोमा म दुःख व्यक्त गर्छु ।’

के भनेका थिए पन्तले ?

कार्यक्रममा सहभागीहरुका अनुसार पूर्वमन्त्रीसमेत रहेका पन्तले पार्टीमा देखिएको प्रवृत्तिबारे टिप्पणी गरेका थिए । त्यसक्रममा उनले भनेको ३० सेकेण्डको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल भिडियोमा भनिएको छ,

महिलाहरु केपीतिर पनि छन्, २० औं वर्ष बिहे नगरेर बसेका छन् । तिनले टिकट पनि पाएनन्, राष्ट्रियसभा पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कमरेडहरु न राष्ट्रियसभाको सदस्य हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । तिनी राष्ट्रियसभा सदस्य भइन्, केन्द्रीय कमिटी सदस्य पनि भइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा