शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च पुगे प्रचण्ड


  • आइतबार, फाल्गुन १६ २०७७
8.6K
SHARES

फाईल तस्बिर

नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवहेलना मुद्दामा लिखित जवाफ बोकेर आइतबार सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित गर्नेगरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

सो रिटमाथि माघ २१ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो ।

प्रचण्डले विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले सर्वोच्चमा अवहेलनासम्बन्धी रिट दायर गरेका थिए । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भने सर्वोच्चले सरकारको निर्णय बदर गरिदिइसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा