बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख


  • आइतबार, फाल्गुन १६ २०७७
9K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मस्तिष्कघात भएपछि बिहिवार राति वीर अस्पताल लगिएका जोशीलाई शुक्रवार बिहानै नर्भिक अस्पताल पठाइएको थियो ।

उहाँको मष्तिष्कमा जमेको रगत र पानी निकालेर उपचार भइरहेको छ । आज बिहान गरिएको सिटी स्क्यान रिपोर्टमा सुधार देखिएको उपचारमा संलग्न डाक्टर राजिव झाले जानकारी दिनुभयो।

अझै केही दिन यही विधिबाट उपचार गरेपछि मात्रै थप उपचार गर्न सकिने अस्पतालले जनाएको छ । उहाँको शरीरको देब्रेपट्टी समस्या देखिएको छ भने दाहिने पट्टीको भाग विस्तारै चल्दै गएको जोशीका सहयोगि पुष्कर पाण्डेले बताउनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा