शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

लिभरपुलका हेण्डरसन ८ हप्ता मैदान बाहिर


  • शुक्रबार, फाल्गुन १४ २०७७
13.2K
SHARES

फाईल तस्बिर

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेण्डरसन करिब ८ हप्ता मैदान बाहिर रहने भएका छन् ।

खुट्टाको ग्रोईन चोटको शल्यक्रिया गरेपछि हेण्डरसन ८ साता मैदान बाहिर रहने भएका हुन् ।

हेण्डरसन आगामी अप्रिलसम्म मैदान बाहिर हुने छन् ।

प्रिमियर लिग अन्तर्गत शनिबार घरेलु मैदानमा एभर्टनविरुद्धको खेलमा उनले चोट बोकेका थिए ।
यस्तै मिडफिल्डर हेण्डरसनको शल्यक्रिया सफल भएको बताईएको छ ।

हेण्डरसनले चोट बोकेपछि लिभरपुलले उनको स्थानमा फिलिप्सलाई मैदान पठाएको थियो ।

उक्त खेलमा एभर्टनसँग लिभरपुल २:० ले पराजित भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा