शनिबार, साउन ९ २०८३
ताजा अपडेट

संसद पुनःस्थापनापछि पहिलो पटक राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


  • शुक्रबार, फाल्गुन १४ २०७७
14.5K
SHARES

फाईल तस्बिर

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबी भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास नै पुगेर राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब डेढ घण्टा कुराकानी भएको स्रोतले बताएको छ ।

सर्वोच्चले संसद पुनःस्थापनासँगै १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश गरेपछि शीतलनिवास पुग्नुभएका प्रधानमन्त्री ओलीले आगामी राजनीतिक कदमबारे छलफल गर्न राष्ट्रपति भण्डारीसँग भेट गर्नुभएको हो ।

संसद विघटनको कदम सर्वोच्च अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनेबारे पनि दलहरुबीच अनौपचारिक छलफल भइरहेका अवस्थामा प्रधानमन्त्री शीतलनिवास पुग्नुभएको हो ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच संसदको बैठक कहिले डाक्ने भन्नेबारे छलफल भएको बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा