शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

जोन एकेडेमीमा कोभिड पछिको शिक्षा विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • बिहिबार, फाल्गुन ६ २०७७
29K
SHARES

काठमाण्डौको बौद्ध नयाँवस्ती स्थित जोन एकेडेमीमा कोभिड पछिको शिक्षामा केन्द्रित रहेर एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कोभिडका कारण शिक्षामा देखिएको असर, अवसर र चुनौती बिषयमा बिहिबार विद्यालयकै आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।


कार्यक्रममा स्थानिय समाजसेवी, शिक्षाप्रेमी तथा विद्यालयका अभिभावक, बिद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै जोन एकेडेमीका प्रिन्सिपल भोज कुमार धमलाले कोभिड पछि विद्यालयमा भएका क्रियाकलापका बारेमा प्रकाश पार्नु भएको थियो।


हरेक समस्याले समाधान आफै लिएर आउने हुँदा यसमा डटेर सामना गरि अरुभन्दा एक पाइला सधै अगाडी बढ्ने कुरामा जोन एकेडेमी कहिल्यै पछि नपर्ने र आफ्ना बिद्यार्थी भाइ–बहिनीहरुलाई पारिबारिक मायाका साथ अगाडी बढ्न हौशला प्रदान गरिरहने कुरामा अभिभाबकहरुलाइ निश्चिन्त रहन प्रिन्सिपल धमलाले आग्रह गर्नु भएको थियो।


यस्तै कोभिड महामारीको जोखिम अझै रहेकोले स्वास्थ्य सावधानीका मापदण्ड अझै पालाना गर्नु पर्ने कुरामा प्रिन्सिपल धमलाले जोड दिनुभएको थियो।
कार्यक्रममा कोभिडले सबै क्षेत्र आक्रान्त बनेको बेला पनि आफ्ना नानी–बाबुहरुको अध्ययन अध्यापन जारि राख्न विद्यालयले गरेका प्रयासहरुको अभिभाबकहरुले खुलेर प्रशंसा गर्नु भएको थियो।


बिद्यार्थी जीवनमा धेरै उतारचढाब आउने भए पनि हिम्मत नहारी खुलेर सहि कुरा बोल्न सके बिद्यार्थी अगाडी बढ्नका लागि कसैले नरोक्ने उक्त कार्यक्रमका सहभागी शिक्षाप्रेमी समाजसेबी प्रकाश पुडासैनीले बताउनु भएको थियो।

हिजोका दिनहरु बाट पाठ सिक्दै अगाडी बढ्नु बाहेक अर्का विकल्प नरहेको र अबका दिनमा विद्यालय अझ प्रबिधिमैत्री बन्दै गुणस्तरिय शिक्षा प्रदान गर्नु जोन एकेडेमीको प्रमुख उदेश्य रहेको उक्त बिद्यालयका सहायक प्रिन्सिपल सानोबाबु घिमिरेले बताउनु भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा