बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

भागरथीको हत्याका आरोपी सार्वजनिक


  • बुधबार, फाल्गुन ५ २०७७
10.8K
SHARES

फाईल तस्बिर

प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या आरोपी सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भट्टका बलात्कार तथा हत्या आरोपीबारे विस्तृत जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले आरोपित किशोर दोगडाकेदार गाउँपालिका–७ का भट्ट पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत रहेको बताउनुभयो । आरोपीले भागरथीको हत्या गर्न अगाडिदेखि नै लवलेक जंगलमा कुरेर बसेको पनि सुवेदीले जानकारी दिनुभयो ।

आरोपी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएर घटनास्थल पुगेर भागरथीलाई मार्ने उदेश्यले कुरेर बसेको देखिएको प्रहरीले जनाएको छ । भट्टलाई सडकभन्दा तल धकेलेर लडेपछि जबरजस्ती घाँटी थिचेर मारेको देखिएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा