जनता समाजवादी पार्टी ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध खाली थाल र खाना पकाउने ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेको छ।
मूल्यवृद्धिसहित प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, महिला हिंसा र जातिय विभेदविरुद्ध जसपाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरुले सरकार विरोधी नारा लेखिएका प्ले-कार्ड, रित्तो खाना पकाउने ग्यासको सिलिन्डर र थाल बोकेका छन्। प्रदर्शनकारीले खाली थाल ठटाएर सरकारको विरोधसमेत गरे।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।