हामीले कफजन्य खानाहरु जस्तै चिसो हावा चिसो पानी फ्रिजमा राखिएका खानाहहरु खाएका कारणले नाकमा श्वास आएर रोकिन्छ र बिस्तारै गाढा या पातालो पानी बनेर नाकबाट झर्न थाल्दछ । त्यसैलाई रुघा भनिन्छ ।
यससरी गर्न सकिन्छ घरेलु उपचार
१. कालो मरीच सख्खर र दहीलाई मिलाएर खानाले बन्द नाकको श्वास खुल्दछ ।
२. उमालेर आधा भएको पानी राती सुत्ने समयमा दैनिक पिउनाले फाइदा हुन्छ ।
३. सुठो पिप्पली बेलको गुदी र अंगुको पानी उमालेर एक चौथाई पार्नुहोस् । त्यसलाई छानेर त्यसमा त्यति नै सरसिउँको तेल हालेर उमाल्नुहोस । पानी घटेपछि त्यसलाई चिसो पारेर नाकमा हाल्नाले हाच्छ्युँ आउन बन्द हुन्छ ।
४. घिउ गुग्गल (एउटा काँडेदार रुख र त्यसको बीज) र मैनको मिश्रणलाई पोलेर त्यसको धुवाँ सुँघ्नाले हाँच्छ्यूँ आउन बन्द हुन्छ ।
५. दूधमा जायफल अदुवा एवं केसर हाले उमाल्नुहोस् । उमालेर आधा भएपछि त्यसलाई पिउनाले रुघा ठीक हुन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।