शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सातौं प्रधानमन्त्री कप महिला भलिबल फागुन २१ देखि २५ गतेसम्म हुने


  • बुधबार, फाल्गुन ५ २०७७
12.3K
SHARES

फाईल तस्बिर

सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता यही फागुन २१ गतेदेखि हुने भएको छ ।

आयोजक बाँके जिल्ला भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २१ देखि २५ गतेसम्म हुने जनाएको हो ।
प्रतियोगिता नेपालगन्ज रंगशालास्थित कभर्डहलमा आयोजना हुनेछ ।

मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना)ले यस पटक प्रतियोगितालाई विगतको भन्दा भव्य रुपमा आयोजना गर्ने तयारी भइरहेको बताइन् ।

उनले यस संस्करणमा पुरस्कार राशीसमेत बढाउने तयारीमा रहेको जानकारी दिइन् । छैटौं संस्करणको विजेताले नगद २ लाख प्राप्त गरेको थियो । यस पटकको विजेताले पाउने रकम केही दिनमा घोषणा हुने बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।

प्रदेश सांसद केसीले प्रधानमन्त्री कप आमन्त्रण भलिबल प्रतियोगिता नेपालगञ्जको चिनारीको रुपमा आयोजना हुँदै आएको बताइन् । यस्तै संघका अध्यक्ष ठकुरीले दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने लक्ष्य रहेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा