शनिबार, साउन ९ २०८३
ताजा अपडेट

खुलामञ्चमा बनेका संरचना भत्काउन थालियो


  • बुधबार, फाल्गुन ५ २०७७
9.7K
SHARES

फाईल तस्बिर

काठमाडौँ महानगरपालिकाले अतिक्रमण भएको खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ ।

महानगरपालिकाले दरबार हाइस्कुल र वीर अस्पतालको नयाँ भवन निर्माणका क्रममा थुपारिएका सामग्री खाली गरेको हो ।

दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै महानगरपालिकाले ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दरबार हाइस्कुल र वीर अस्पतालको भवन निर्माण सकिएपछि निर्माण सामग्री हटाएर खुलामञ्च खाली गरिएको जानकारी दिनुभयो ।

उहाँले अब क्रमश बसपार्क पनि खुला गर्ने जानकारी दिनुभयो । काठमाठौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयरको निर्देशन अनुसार नै खुला गर्ने अभियान थालेको बताउनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा