शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्टसँग कांग्रेसको कदापी सहकार्य हुँदैन : बस्नेत


  • मंगलबार, फाल्गुन ४ २०७७
17K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कम्युनिस्ट पार्टीसँग कदापी सहकार्य र समझदारी हुन नसक्ने बताएका छन् ।

‘पञ्चायतको गर्भबाट जन्मेको, पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्ट पार्टीसँग नेपाली कांग्रेसको कदापी सहकार्य हुन सक्दैन,’ अध्यक्ष बस्नेतले भने । उनले यो धारणा सोमबार ललितपुरको लगनखेलमा आयोजित विरोधसभामा राखेका हुन् ।

बन्दुक लिएको जंगलको कम्युनिस्ट किन नहोस्, त्यो सडकको चिसो छिँडीमा बस्ने कम्युनिस्ट किन नहोस्, सत्तामा बसेको कम्युनिस्ट किन नहोस् कसैसँग हाम्रो सहकार्य र समझदारी हुँदैन,’ उनले भने, ‘अन्याय र अत्याचार, भ्रष्टाचार, विकृति लिएर हिँडेको कम्युनिस्ट पार्टीसँग नेपाली कांग्रेसको कतै पनि सहकार्य र समझदारी हुन सक्दैन ।’

नेकपा अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्धको आन्दोलनमा नेपाली कांग्रेससँग पनि सहकार्य हुने अभिव्यक्ति दिएका बेला कांग्रेस सभापति देउवा निकट बस्नेतको यो भनाइलाई अर्थपूर्ण मानिएको छ ।

उनले अहिले संविधान मिचियो भनेर आन्दोलन गर्ने प्रचण्ड-माधव समूहलाई सोधे, ‘चुनावमा हारेका व्यक्ति बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाँदा संविधान मिचियो कि मिचिएन ? हिजो आफू एक भएर संविधान मिच्दाचाहिँ केही नहुने ?’

उनले ताजा जनादेशका लागि जनतामा जाने कुरा प्रतिगामी नहुने बताए । यद्यपि संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत भएको भन्दै उनले संसद विघटनको विषयमा सर्वोच्चले जे निर्णय गर्छ, त्यसैलाई कांग्रेसले मान्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा