संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न सत्ता हातमा लिएको म्यानमारकाे सैनिक नेतृत्वसँग आग्रह गरेको छ।
म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो। त्यसपछि सैन्य कू को विरोधमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुसहितले प्रदर्शन गर्दै आएको छ।
प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका खबर आइरहेका बेला संयुक्त राष्ट्रसंघले शान्तिपूर्ण रुपमा विरोध तथा प्रदर्शन गर्न पाउने जनताको अधिकारको रक्षा तथा सम्मान गर्न सैनिक नेतृत्वसँग भनेको हो।
सत्ताको नेतृत्वमा रहेका म्यानमारको सेनाका अधिकारीसँगको टेलिफोन वार्तामा संयुक्त राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर बग्नरले प्रदर्शनकारीमाथि हुने कुनै पनि प्रकारको ज्यादतीको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएकी हुन्।
विशेष दूत क्रिष्टिनले सोमबार सत्ता हातमा लिएको म्यानमार सेनाका डेपूटी हेट सोए विनसँग टेलिफोन वार्ता गरि सचेत गराएकी हुन्।
सेनाले पछिल्लो दुई दिनदेखि रातिको समयमा इन्टरनेट सेवा अवरुद्ध गरेको छ। मंगलबार बिहान भएसँगै इन्टरनेट सेवा सुचारु भए पनि मुख्य शहरहरुमा हतियार सुसज्तित सेनाका बख्तरबन्द गाडीहरुको तैनाथी उस्तै छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।