नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जर्नादन शर्मा ‘प्रभाकर’ ले नेकपाको विवादलाई थाँती राखेर निर्वाचन हुन नसक्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेकाले यस्तो अवस्थामा मध्यावधि निर्वाचन हुन नसक्ने बताए।
मंगलवार प्रेस संगठन नेपाल, सल्यानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले यस्तो बताए। उनले भने, ‘अहिले नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ, पार्टीको आधिकारिकताको लागी विवाद निर्वाचन आयोगमा पुगेको छ, यस्तो अवस्थामा कुनै पनि हालतमा मध्यावधि निर्वाचन हुन सक्दैन। यदी यस्तो अवस्थामा निर्वाचन गर्न खोजियो भने त्यसको हिसाबकिताब जनताले गर्नेछन्।’
स्थायी कमिटी सदस्य शर्माले नेकपा भित्रको विवाद पार्टी विशेषको नभई नयाँ प्रणाली (संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी) को कार्यान्वयन गर्ने वा नगर्ने बीचको लडाई भएको बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।