बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

श्रीपञ्चमीका दीन कृषि कार्यको शुरूआत मान्दै हलो र गोरुको पूजा


  • मंगलबार, फाल्गुन ४ २०७७
12.3K
SHARES

फाईल तस्बिर

श्रीपञ्चमीका अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन्। पराम्परागत रूपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको शुरूआत मान्दै आज दिन हलो र गोरुको पूजा गरेका हुन्।

किसानले आ-आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायत वस्तुहरूसहित हलो राखेर पूजाआजा गरेका छन्। साथै घरबाहिर गोरुलाई नुहाई नयाँ रङ्गीचङ्गी डोरी लगाएर तिनको पूजा गरेका छन्।

किसानले हलो र गोरुको पूजा गरिसकेपछि नजीकैको खेतमा लगेर आज एकछिन जोत्ने गर्दछन्। आजका दिन धेरै किसानले नयाँ किनेको गोरुलाई पहिलो पटक खेत जोत्ने गर्दछन्। उनीहरूले हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन्।​

श्रीपञ्चमीका अवसरमा किसानले अरवा चावलमा सक्खर मिलाएर प्रसाद तयार पार्दछन्। हलो र गोरुको पूजा गरिसकेपछि हलो जोत्ने, एकापसमा अबिर दल्ने तथा प्रसाद वितरण गरेर पूजा सम्पन्न गर्दछन्।​​


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा