शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पूजामा कपुर प्रयोग गर्नुका फाईदा


  • मंगलबार, फाल्गुन ४ २०७७
32.1K
SHARES

फाईल तस्बिर

पूजा र अनुष्ठानका क्रममा कपूरको प्रयोग गरिन्छ । भगवानको पूजामा कपूरको प्रयोग नभए पुर्ण पूजा भएको मानिदैन । पूजाका अलावा कपूरको प्रयोग वास्तुशास्त्रमा नकारात्मक ऊर्जा नष्ट गर्न समेत प्रयोग गरिन्छ । के के छन् कपूर प्रयोगका लाभ ?

घरमा वास्तुदोष रहेमा घरको सुख, शान्ति भंग हुने र कलह हुने गर्दछ । पसल वा व्यावसायीक प्रतिष्ठानमा वास्तुदोष भए घाटा हुन्छ । यस्तोमा घर वा पसलमा कपूर राखेमा वास्तुदोष वा नकारात्मक ऊर्जा नष्ट भई धन लाभ हुने धार्मीक मान्यता छ ।

यदि कतै सापटी वा ऋण दिएको धन अड्किरहेको छ वा आम्दानीभन्दा बढि खर्च हुने गरेको छ भने रातो गुलाफको फूलमा बालेको कपूर राखी देवी दुर्गामा अर्पित गरेमा यी सबै समस्या नष्ट भई धन लाभको योग बन्नेछ ।

यदि लगातार अनावश्यक खर्च भइरहेको छ भने साँझमा कपूरको दियो बालेर घर वरिपरी घुमाएर अन्त्यमा माता लक्ष्मीको आरती गर्दै घरको मन्दिरमा राखेमा धन लाभ र माता लक्ष्मीको कृपा प्राप्त हुन्छ ।

ज्योतिषशास्त्र अनुसार पितृदोष वा राहु केतुको खराब प्रभावबाट बच्न दैनिक घरमा कपूर बालेमा लाभ प्राप्त हुन्छ । आकस्मिक दुर्घटना वा जोखिमबमाट बच्न साँझमा हनुमान चालीसाको पाठ गरी कपूरमा ल्वाङ राखेर आरती गर्नु पर्दछ ।

यदि लामो समयदेखि भाग्यले साथ दिएको छैन वा मनोवाञ्छित फल प्राप्त भएको छैन भने भाग्य चम्काउन नुहाउँदा पानीमा कपूरको तेलका केही थोपा राखेर नुहाउनु पर्ने मान्यता छ । यसले शरीरका साथै भाग्यमा समेत सकारात्मक ऊर्जा प्राप्त हुने गर्दछ ।

वास्तु अनुसार, लामो प्रयाशका वावजुद काम बनिरहेको छैन भने चाँदीको कचौरामा नियमित रूपमा ल्वाङ र कपूर बालेर पूरै घरमा घुमाउनु पर्दछ । यसले जीवनमा आउने समस्त बाधा सुधार भएर जानेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा