बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

न्यायाधीशकै सामुन्ने काठमाडौं जिल्ला अदालतका कर्मचारीको मुक्का हानाहान


  • मंगलबार, फाल्गुन ४ २०७७
9.2K
SHARES

फाईल तस्बिर

काठमाडौं जिल्ला अदालतमा नयायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ।

सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला कुटाकुटमा उत्रिएका हुन्।

श्रेस्तेदार भीमप्रसाद निरौलाका अनुसार इजलास अधिकृत शर्मा घाइते भएका छन्। उनको नाकबाट रगत बगेपछि ट्रमा सेन्टरमा जँचाउन गएका थिए। अहिले उनको अवस्था सामान्य रहेको निरौलाले बताए।

मालपोत कार्यालयलाई भएको एउटा आदेशमा सही गर्ने कुरालाई लिएर विवाद भएको थियो ।

‘आदेशमा सही गराउन लिएर जादाँ इजलास अधिकृत शर्माले व्यहोरा नमिलेको भन्दै अर्को व्यहोरा लेखेर ल्याउन भनेपछि  वादविवाद भएको रहेछ। त्यही बढ्दै गएर हात हालाहाल नै भएछ,’ उनले भने।

कार्यालयका नाममा आदेश गर्ने कि कार्यालय प्रमुखको नाममा आदेश गर्ने भन्नेमा उनीहरूको मत बाझिएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा