काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ७, स्पेशल चोकमा रहेको मञ्जरी सेकेण्डरी स्कूलले सरस्वती पुजा (वसन्तपञ्चमी) को दिन ‘अक्षरारम्भ’ कार्यक्रम गर्ने भएको छ ।

वसन्तपञ्चमीका दिन सरस्वती पुजाको अवसरमा नवआगन्तुक बालबालिकाहरुको लागि अक्षरारम्भ कार्यक्रम आयोजना गरिने स्कूल जनाइएको छ ।
हरेक वर्ष सरस्वती पुजाको अवसरमा विद्यार्थीहरुका लागि विहानी सत्रमा विद्याको देवी सरस्वतीको पुजाको आयोजना गर्दै आएका छौँ । सोही कुराको निरन्तरता दिँदै यस वर्ष पनि नवआगन्तुक स–साना बाबु नानीहरुका लागि फाल्गुन ४ गते दिनभर नै अक्षरारम्भ कार्यक्रम राखेका छौँ प्रिन्सिपल टिका गौतमले बताउनु भयो ।

प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्ययन हुने मञ्जरी सेकेण्डरी स्कूलमा सरस्वती पुजाको अवसरमा एक हप्तासम्म नयाँ भर्ना हुने विद्यार्थीहरुलाई विशेष छुट सहित विभिन्न सुविधा प्रदान गरिने व्यबस्था रहेको प्रिन्सिपल गौतम भन्नुहुन्छ ।
यस्ता छन् मञ्जरी स्कूलको विशेषताहरुः
- हरेक वर्षको एसईईमा उत्कृष्ट नजिता
- सुविधा सम्पन्न भवन
- विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई अन्तराष्ट्रिय कार्यक्रममा सहभागि गराईने
- दक्ष तथा अनुभवी शिक्षक/शिक्षिका
- विद्यार्थीको अनुशासनलाई उच्च रुपमा ध्यान दिइने
तस्विरः मञ्जरी सेकेण्डरी स्कूल
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।