बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

सामाजिक अभियन्ता राजकुमार महतो काँग्रेसमा प्रवेश


  • सोमबार, फाल्गुन ३ २०७७
7.8K
SHARES

फाईल तस्बिर

विगत १५ वर्षदेखि स्वंयसेवी भई सामाजिक सेवामा संलग्न भएर मुसहर समुदायको उत्थानमा सक्रिय रहँदै आएका राजकुमार महतो नेपाली काँग्रेसमा प्रवेश गरेका छन्

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको बबरगञ्जमा काँग्रेस गाउँ कार्य समिती र क्षेत्र १ ले आयोजना गरेको बृहत आम सभा तथा पार्टी प्रवेश समारोहमा राज कुमार महतोसँगै चन्द्रनगर गापाका ९७३ जना पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा काँग्रेसका सर्लाही जिल्ला सभापति तथा पूर्वमन्त्री नागेन्द्र यादव, सर्लाही क्षेत्र १ का संघीय सांसदका प्रत्यासी तथा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूवैमन्त्री राम कृष्ण यादव, उपेन्द्र कुशवाहा, पूर्वमन्त्री डीना उपाध्याय, नेका धनुषा सभापति सरोज राय यादव लगायतको सहभागिता रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा