बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

पुनर्स्थापित संसदले देशलाई चुनावमा लैजान्छ: गगन थापा


  • सोमबार, फाल्गुन ३ २०७७
12.4K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका नेता गगन थापाले चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न नहुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पुनर्स्थापित संसदले देशलाई चुनावतर्फ लैजाने थापाले बताए।

आज चितवनमा आयोजित विरोध सभामा बोलेका थापाले भने, ‘चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न जरूरी छैन। पुनर्स्थापित संसदले देशलाई चुनावमा लैजान्छ। चुनावबाट जितेर आउने हो।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेकोले त्यो पहिले सच्याउनुपर्ने थापाको भनाइ थियो।

उनले प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीभन्दा पनि सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल बनाएको पनि दाबी गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा