नेकपाको दुईधार सत्ता पक्ष र माधब-प्रचण्ड पक्षको बिबादले चर्को रुप लिदै गएपछी जनताले बिकल्प खोजेको आभास हुदै छ । गाई-गुई हल्ला बिकल्प राजा हो, भनेको सुनिदै आए पनि ,गणतन्त्र स्थापना भई सकेपछी राजा बिकल्प नहुने तर जनताको हितमा काम गर्ने बलियो पर्टीनै बिकल्प हुने अबस्था छ ।
यसै बिच पछिल्ला गतिबिधिमा मौन जस्तो देखिएको कांग्रेसले आज देशैभर संबिधानको रक्षाको निमित्त भन्दै प्रदर्शन गर्न लागेको छ ।
नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दैछ । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।
गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ ।
जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।