शनिबार, साउन ९ २०८३
ताजा अपडेट

केपी ओली नयाँ महाराजा हुन : राजेन्द्र महतो


  • आइतबार, फाल्गुन २ २०७७
11K
SHARES

फाईल तस्बिर

जनता समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नयाँ महाराजा भएको बताएका छन्।

पश्चिम नवलपरासीको परासीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता महतोले महाराजाकै शैलीमा केपीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको बताए।

महतोले संविधान जारी गर्ने समयमा अन्तरिम संविधानमा भएका व्यवस्थाहरू समेत कटौती गरेर तत्कालिन एमाले, माओवादी, नेपाली कांग्रेस लगायतका दलहरूले सहमतिमै संविधानमाथि प्रतिगमन गरेको जिकिर गरे।

जारी गर्ने समयमै संविधानमाथि प्रतिगमन भएकोमा अहिले फेरी नयाँ महाराजा ओलीले दोस्रोपटक प्रतिगमन गरेको उनले बताए। ओलीकै कारण नेपाली जनताले वर्षौं संघर्ष गरेर प्राप्त गरेको संविधानसँगै हालसम्म प्राप्त सबै उपलब्धि गुम्ने खतरा बढेको पनि महतोले बताए।

ओलीको प्रतिगामी कदमविरुद्ध जसपा शुरूदेखि नै विरोधमा रहे अब संयुक्त आन्दोलनको विकल्प नरहेको भन्दै महतोले त्यसका लागि पहिला सडकमा रहेको नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तयार हुनुपर्ने धारणा व्यक्त गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा