बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

पशुपतिमा जलहरी राख्न पगालियो ६४ किलो सुन, १० कालीगढ खटिए


  • आइतबार, फाल्गुन २ २०७७
13.1K
SHARES

फाइल तस्विर

पशुपति मन्दिरमा सुनको जलहरी राख्न ६४ किलो सुन ल्याएर पगालिएको छ।

१०८ किलो सुनबाट जलहरी निर्माण गरिन लागिएको हो। बाँकी सुन अर्को हप्तासम्म आइपुग्ने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जानकारी दिए।

एक चरणमा सुन ल्याइएसकेका छौँ। अहिले ६४ किलो पशुपति प्राङ्गणमै पगालिएको छ। त्यसलाई कालीगढहरुले आकार दिन लाग्नुभएको छ,’ ढकालले भने, ‘बाँकी सुन अर्को हप्तासम्म आइपुग्ने छ। त्यसलाई पनि पगालिने छ।’

जलहरी निर्माणका लागि १० जना कालिगढ खटाइएको उनले जानकारी दिए। आउँदो शिवरात्रीसम्म जलहरी राखिसक्ने योजना बनाएको कोषले जलहरी निर्माणसम्पन्न भएपछि तिथिमिति हेरेर राख्ने ढकालले बताए।

माघ दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गर्दै यसअघि चाँदीको जलहरीलाई सुनको बनाउन निर्देशन दिएका थिए। सरकारले तत्काल ३० करोड दिने प्रतिबद्धता जनाएसँगै कोषको काम अघि बढाएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा