शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चीनले नेपालसँग कम्युनिष्ट पार्टीको परिवार जस्तो व्यवहार गर्‍यो : श्याम शरण


  • आइतबार, फाल्गुन २ २०७७
8.1K
SHARES

फाईल तस्बिर

भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपालसँग चीनले कम्युनिष्ट पार्टीको परिवारसँग जस्तो गरी व्यवहार गरेको बताएका छन् ।

नेपालका लागि पूर्व भारतीय राजदूतसमेत रहेका शरणले नेपालमा बढ्दो चिनियाँ कम्युनिष्ट पार्टीको गतिविधिलाई भारतले होसियारीपूर्वक हेर्नुपर्नेसमेत बताए ।

भारतको दि प्रिन्ट अनलाइनसँगको एक भिडियो अन्तर्वार्तामा श्याम शरणले भने,‘नेपालको राजनीतिक घट्नाक्रममा हस्तक्षेप गर्न चीनले नेपालमा पार्टीको डेलिगेसन पठायो । उनीहरुले नेपालसँग कम्युनिष्ट पार्टीको परिवारसँग डिल गरेजस्तो कम्युनिष्ट पार्टीको लियाजन विभागबाट एक टिम नेपाल पठाए

तर यस विषयमा कसैको ध्यान नपुगेको उनको भनाइ थियो । शरणले चीनले नेपालसँग राज्य–राज्यको बीचमाजस्तो व्यवहार गर्नुपर्ने बताए ।

उनले अगाडि भनेका छन,‘पहिलोपटक स्पष्ट रुपमा हामीले के देख्यौं भने चीनले केही हदसम्म यसरी प्रोजेक्ट गर्न खोज्यो कि सम्बन्ध पार्टी र पार्टीको बीचमा रहेको छ जुन वास्तवमा राम्रो संकेत होइन ।’

शरणले अन्य मुलुकसँग राज्य– राज्य तहमा सामान्य सम्बन्ध कायम राख्न चाहने चीनले नेपालमा त्यो भन्दा फरक सम्बन्ध रहेको देखाउन खोजेको र त्यसलाई भारतले नजिकबाट हेर्नुपर्ने समेत बताए ।

उनले नेपालको पछिल्लो राजनीतिक अवस्था एकदमै तरल रहेको र भारतको नीति केही दुविधामा रहेको समेत बताए ।

शरणले नेपालमा पछिल्लो समय राजतन्त्रवादी र हिन्दुवादीहरुले आफ्नो गतिविधि बढाएको समेत उल्लेख गरे । उनले भनेका छन्,‘राजतन्त्र पक्षधरको भावनामा पछिल्लो समयमा केही वृद्धि भएको छ , केही समय अगाडि राजतन्त्र फर्काउन काठमाडौंमा ठूला प्रर्दशनहरु भएका थिए

।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा